काठमाडौं, १९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुईवटा महत्त्वपूर्ण तथा प्रतिस्पर्धात्मक खेलहरू आयोजना हुँदैछन्। शीर्ष चारको होड र अङ्क तालिकाको समीकरणका दृष्टिले आज हुने दुवै खेलहरूलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
आज दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। प्रतियोगितामा सन्तुलित खेल पस्कँदै आएको लुम्बिनी र बलियो ब्याटिङ लाइनअप भएको जनकपुर दुवै टोली आज स्पष्ट जित दर्ता गर्दै अङ्क तालिकाको माथिल्लो स्थानमा आफ्नो पकड थप बलियो बनाउने रणनीतिका साथ मैदान उत्रनेछन्।
यसैगरी, आजै अपराह्न ४:३० बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किङ्स र काठमाडौँ गोर्खाजबीच भिडन्त हुनेछ। प्रतियोगितामा पुनरागमन गर्दै अङ्क तालिकामा स्थिति सुदृढ बनाउने दबाबमा रहेको विराटनगर र लय समात्न खोजिरहेको काठमाडौँ दुवैका लागि आजको खेल अङ्क जोड्ने उत्कृष्ट अवसर मानिएको छ।
मौसम अनुकूल रहेकाले आज त्रिवि मैदानमा दर्शकको बाक्लो उपस्थिति रहने र दुवै खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।











प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : ८ समझदारी, २४० अर्बको सहायता घोषणा; सीमा विवाद र पुराना मुद्दा भने थाती
नरेन्द्र मोदी र वालेन्द्र शाहले उद्घाटन गर्न लागेको रेलको रोचक संयोग : १६ वर्षअघि नै थियो बर्दिबाससम्म विस्तार गर्ने सम्झौता
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सहकार्यका विषयमा छलफल
भारत भ्रमणमा बालेनको नयाँ शैली : कूटनीतिक परम्परा तोडे, राष्ट्रिय सहमतिको अभ्यासमाथि प्रश्न
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन