काठमाडौं, १३ मंसिर । सिन्धुलीको दुधौली नगरपालिका–३ झुंगास्थित मदन भण्डारी राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आइतबार काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२८ च २७८३ नम्बरको इसुजु जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो। जिप राजमार्गबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी ४२ वर्षीय मातृका भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका छन्।
दुर्घटनामा चार जना घाइते भएका छन्। घाइते हुनेमा बराहक्षेत्र नगरपालिका–८ निवासी ३८ वर्षीया प्रमिला भट्टराई, उनका ८ वर्षीय छोरा आयन्स भट्टराई, सोही ठाउँकी ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका १३ वर्षीय छोरा आतर्व भट्टराई रहेका छन्।
दुर्घटनापछि घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जनाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।









भारत भ्रमणपछि चीन जाने तयारीमा प्रधानमन्त्री वालेन शाह
यस्तो छ कांग्रेस जिल्ला र प्रदेश अधिवेशनको तालिका
किन घटयो राप्रपाको क्रियाशील सदस्य संख्या ?
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन