Header advertisement
⚙️ व्यवस्थापन

हुँकार मधेसको प्रवक्तामा केशव झा

हुँकार मधेसको प्रवक्तामा केशव झा
काठमाडौं, १२ असोज । हुँकार मधेसको केन्द्रीय अभियानको बैठकले ‘समग्र थरुहट–मधेस जोड्ने अभियान’ अन्तर्गत संगठनको महत्त्वपूर्ण जिम्मेवारी बाँडफाँड गरेको छ। अभियानले मेची–महाकाली हुलाकी यात्रा तथा पुनर्जागरण अभियान सम्पन्न गरेपश्चात थप सांगठनिक संरचना निर्माण सहित नेतृत्व चयन गर्नेछ । 

अभियानले तोकेको योग्यता र मापदण्डका आधारमा संयोजक लगायत अन्य केन्द्रीय संरचना नबन्दासम्मका लागि अभियानको तर्फबाट समन्वय, सहज र सम्पर्क गर्ने मुख्य जिम्मेवारी गर्न संविधानसभा सदस्य राम कुमार शर्मालाई सुम्पिएको छ। उनलाई अभियानको सहजकर्ताको रूपमा सर्वसम्मत रूपमा चयन गरिएको हो। यसैगरी, अभियानको आधिकारिक धारणा, गतिविधि तथा सूचनाहरू सञ्चारमाध्यम र जनतामाझ सही रूपमा सम्प्रेषण गर्ने उद्देश्यले केशव झालाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको छ।

अभियानले छिट्टै नै आफ्ना मुख्य पद तथा विभागीय जिम्मेवारीहरू समेत तोकेर सार्वजनिक गर्ने जानकारी दिएको छ। समाजमा सकारात्मक सोच राख्ने, अन्यायमा परेका, राजनीतिक रूपमा प्रयोग गरिएर उपेक्षित गरिएका र राजनीतिक पीडित सम्पूर्ण न्यायप्रेमी जनतालाई यस अभियानमा सहृदयताका साथ जोडिन समेत आह्वान गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#हुँकार मधेस #keshawjha

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार