⚙️ व्यवस्थापन

बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बिरगंज-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राती ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ

बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
कलैया, १० असोज । बिरगंज-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राती ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ लेटाङ नगरपालिका-१ का ३५ वर्षीय योगेन्द्रबहादुर मगर रहेका छन् ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०२-०६५ प ७५७५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना६ख ३६४४ नम्बरको ट्रकले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते स्कुटर चालकलाई वीरगन्जस्थित नारायणी अस्पताल लगिएपनी चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । 

प्रहरीले ठक्कर दिने ट्रकसहित चालक जीतपुरसिमरा उपमहानगरपालिका-२१ का ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ । खड्कालाई इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार