काठमाडौं, १९ असोज । गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण भारत हुने भएको छ । उनी असोज २६ गते भारतको नयाँदिल्ली जाने भएका छन् ।
गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुनेछन् ।
गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमणको क्रममा उनको भेट भारतका गृहमन्त्री अमित शाहसँग असोज २७ गते तय भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको तयारी चलिरहेका बेला गृहमन्त्री गुरुङ भारत जान लागेका हुन् । प्रधानमन्त्री बालेन आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका छन् ।




२०४३मा जनपक्षिय अभियान कसरी चल्यो ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
कांग्रेस महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने लहर, झण्डै ८ सय उम्मेदवार हुने, कुन पदमा को–को भिड्दैछन् ?
काँग्रेसमा अब १५ सहमहामन्त्री, ९ समावेशी क्लस्टरबाट, ४ सभापतिले मनोनीत गर्ने !
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन