काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम एक दिन पछि सरेको छ । महाधिवेशनबाट नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ । सभापतिमा गगनकुमार थापालाई सर्वसम्मत गराउने प्रयास जारी रहेकाले निर्वाचन प्रक्रिया एक दिनपछि सरेको हो । तर कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार जारी गरेको सूचनाअनुसार मतपत्र छपाइमा केही ढिलाइ भएपछि निर्धारित समयमा निर्वाचन प्रक्रिया सुरु गर्न नसकिएको हो ।
निर्वाचन समितिका अनुसार अहिले आवश्यक सबै मतपत्र छपाइ भइसकेका छन् । मतदान प्रक्रियामा खटिने सम्पूर्ण जनशक्ति तथा मतदान केन्द्रमा आवश्यक व्यवस्थापनसमेत तयार पारिएको समितिले जनाएको छ । आवश्यकताअनुसार थप सुरक्षा प्रबन्धसमेत पूर्ण रूपमा मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।
समितिले पार्टी नेतृत्वले निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि रातिको समयमा रातभर लगाएर निर्वाचन गराउनु उपयुक्त नहुने निष्कर्ष निकालेको जनाएको छ । विभिन्न क्षेत्रबाट प्राप्त सकारात्मक सुझाव तथा सम्भावित प्रतिकूल मौसमलाई समेत ध्यानमा राख्दै निर्वाचन कार्यक्रम संशोधन गरिएको हो ।
नयाँ कार्यतालिकाअनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ भने अपराह्न ३ बजेसम्म मतदान जारी रहनेछ । निर्धारित मतदान केन्द्रमा सम्बन्धित प्रदेश तथा भ्रातृ एवं शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका निर्वाचनका लागि मतदान गराइने समितिले जनाएको छ ।
समितिका सदस्यसचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा मतदातालाई बिहानैदेखि मतदानका लागि प्रतीक्षारत रहन आग्रह गरिएको छ ।




सभापतिदेखि सहमहामन्त्रीसम्म भिडन्त, शुक्रबार कांग्रेसको शक्ति परीक्षण
नेपालको मैदानदेखि मलेसियाको क्रिकेट व्यवस्थापनसम्म : अब विनोद दासको नयाँ जिम्मेवारी
राप्रपा कोशी अधिवेशनमा ‘रक्सी र मासु’को विषयले विवाद
एमालेमा विद्याको पुनरागमन : ओलीसँगको सहकार्य कि नयाँ शक्ति समीकरणको सुरुवात ?
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन