काठमाडौं, १३ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशन २ दिन पछि धकेलिएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो, अब १८ गते खुल्ला मञ्चमा उद्घाटन भएर २१ गते भृकुटीमण्डपमा समापन हुनेछ ।
कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया जारी छ।
भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ। यसबारे निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले उक्त परिस्थितिलाई मध्यनजर गर्दै १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने निर्णय सार्वजनिक गरेको हो।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उद्घाटन समारोहको मिति, समय र स्थानबारे जानकारी गराइएको छ।




जसपा नेपालका पूर्व रौतहट अध्यक्ष श्याम विहारीले छाडे पार्टी
रास्वपाभित्रै सरकारविरुद्ध असन्तुष्टि बढदो, अमरेशहरुको निरन्तर प्रहार किन ?
दीपक मनांगे देउवा कांग्रेस प्रवेश, शशांकले गरे स्वागत
मन्त्रिपरिषद बैठकले के–के निर्णय गर्यो ?
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन