1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

करैयामाईमा निःशुल्क आँखा शिविर सम्पन्न

करैयामाईमा निःशुल्क आँखा शिविर सम्पन्न
कलैया, २३ असोज । बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं. ८ स्थित श्री नेपाल राष्ट्रिय अच्छेलाल साह आधारभूत विद्यालयमा शुक्रबार सम्पन्न निःशुल्क आँखा शिविरबाट ३०७ जना विद्यार्थी तथा अभिभावक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

हरहेवेन नेपाल, पर्साको सहयोग, किरण आँखा अस्पताल, वीरगञ्जको प्राविधिक सहकार्य तथा श्री नेपाल राष्ट्रिय अच्छेलाल साह आधारभूत विद्यालयको आयोजनामा सञ्चालन गरिएको शिविरमा विद्यालयका १२७ जना विद्यार्थी र १८० जना अभिभावक गरी कुल ३०७ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो। शिविरमा किरण आँखा अस्पतालका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सहभागीहरूको आँखासम्बन्धी परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेको थियो।

शिविरको उद्घाटन करैयामाई गाउँपालिकाका कार्यपालिका सदस्य तथा समाजसेवी सुरेन्द्र प्रसाद साहले गर्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुखल भगत, प्रधानाध्यापक जयप्रकाश जयसवाल, पूर्व वडा सदस्य तथा समाजसेवी रामविश्वास जयसवाल, समाजसेवी राजधारी महतो, छोटेलाल कुशवाहा, शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी तथा स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित यस शिविरले विद्यार्थी तथा अभिभावकमा रहेका आँखासम्बन्धी समस्याको समयमै पहिचान गर्न तथा आवश्यक उपचारका लागि मार्गदर्शन प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

विशेषतः करैयामाई गाउँपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र प्रसाद साह तथा विद्यालयका प्रधानाध्यापक जयप्रकाश जयसवालको विशेष पहलमा सञ्चालन भएको उक्त शिविरले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिसँगै विद्यार्थीहरूको शैक्षिक तथा स्वास्थ्य विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 2 जनाको प्रतिक्रिया

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार