काठमाडौं, १६ असोज । ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट शृंखला–२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले आज १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
यही २१ असोजदेखि सुरु हुने विश्वकप क्रिकेट लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्ने छन् । सो शृंखलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
टोलीमा कप्तान सन्दीपसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल समावेश छन् ।




कांग्रेस महाधिवेशनमा बढ्दो तनाव : कतै कुटाकुट, कतै तालाबन्दी, कतै मतदान नै स्थगित
प्रतिनिधिसभामा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा के छ ?
नेपाल सरकारलाई मलेसियाको शर्तः ‘तोकिएका २७५ म्यानपावरबाट मात्र श्रमिक पठाऊ’
पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेलाई कांग्रेसले कारवाही गर्ने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन