काठमाडौं, २३ असोज । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री साहको भारत भ्रमणका लागि गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।
उनका अनुसार नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमण हुनेछ । भ्रमणको मिति तय भएपछि सार्वजनिक गरिने उनले बताए ।
‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ । उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ । भ्रमणको मिति तय भइरहेको छैन । मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ,’ प्रवक्ता क्षेत्रीले भने ।
यसअघि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी एजेन्डा तयार पार्ने काम भइरहेको जनाएको थियो ।
प्रवक्ता क्षेत्रीले अन्य उच्चस्तरीय भ्रमणको तयारी तथा एजेन्डाका विषयमा पनि मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।




मतपेटिकामा कांग्रेसको भविष्य : सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेतृत्वको फैसला हुँदै
करैयामाईमा निःशुल्क आँखा शिविर सम्पन्न
तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ?
चिनियाँ नागरिकसँगै किन दोहोरिन्छ सुन तस्करीको कनेक्सन ? चीन–नेपाल–भारतसम्म फैलिएको नेटवर्कको तथ्य
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन