काठमाडौं, २१ असोज । खराब मौसमका कारण सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट गरिएको छ ।
सिमरा विमानस्थलबाट काठमाडौंका लागि बुधबार बिहान १०:३० बजे बुद्ध एयरको U4 554 उडान थियो। काठमाडौंको आकाशमा पुगेपछि विमान करिब ३० मिनेट आकाशमै होल्ड भयो।
काठमाडौं विमानस्थलमा पानी परिरहेको तथा खराब मौसमका कारण अवतरणमा समस्या भएपछि विमानलाई जनकपुर विमानस्थलतर्फ डाइभर्ट गरिएको छ। विमान करिब १२:३० बजे जनकपुर विमानस्थलमा अवतरण गरेको हो।
विमानका कर्मचारीबाट प्राप्त जानकारीअनुसार मौसम तथा विमानस्थलको अवस्था अनुकूल भएमा करिब ३० मिनेटपछि जनकपुरबाट पुन: काठमाडौंका लागि उडान हुने बताइएकाे छ। काठमाडाैं उपत्यकामा बुधबार बिहानदेखि भिजिविलिटीकाे समस्या देखिएकाे छ । साेही कारण आन्तरिक उडान केही प्रभावित बनेका छन् ।




काठमाडौं–तराई/मधेस द्रुतमार्ग : एक दशक पुग्दा पनि आधा मात्रै काम, अब २०८६ चैतसम्मको लक्ष्य
सेनाले दैनिक १० हजार लिटर डीडीसीको दूध किन्ने
फेरि सुर भयाे वर्षा, मधेशबाहेकका प्रदेशमा शुक्रबारसम्म धान नकाट्न अपिल
युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस सहमहामन्त्रीमा रामपल्टन साहको उम्मेदवारी
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन