काठमाडौं, १७ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट तथा लोकतान्त्रिक शक्तिहरूसँग सदन र सडकमा मात्र नभई निर्वाचनमा समेत सहकार्य गर्नुपर्ने बताएका छन् । शनिवार काभ्रे जिल्लामा आयोजित नेकपाको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूबीच कार्यगत एकतामा जोड दिएका हुन् ।
उनले भने, “कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूबीच पार्टी एकता, सहकार्य र कार्यगत एकतालाई अगाडि बढाउने निर्णय भएको छ । आगामी दिनमा सदन र सडकको सङ्घर्षमा सहकार्य गर्दै आवश्यकताअनुसार निर्वाचनमा समेत सहकार्यको आधार निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ ।”
उनले विगतका कमजोरी सच्याएर जनतासँग जोडिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । “अबको बाटो विगतका उपलब्धिहरूको रक्षा मात्र होइन, कमजोरी सच्याउँदै नयाँ परिस्थितिअनुसार पार्टी, विचार, सङ्गठन र नेतृत्वलाई रूपान्तरण गर्ने बाटो हो,” प्रचण्डले भने । उनले अहिले सच्चा कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य भएको उल्लेख गर्दे भने, “सच्चा कम्युनिस्ट शक्तिबीच एकता र सहकार्य, संविधान तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच सहकार्य र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई बलियो बनाउँदै अगाडि बढ्नु आजको मुख्य आवश्यकता हो ।”
जनताको जीवनसँग जोडिनुपर्ने कुरामा जोड दिँदै प्रचण्डले नेता तथा कार्यकर्तालाई जनताका समस्या उजागर गर्न निर्देशन दिए । “महँगी, बेरोजगारी, भ्रष्टाचार, सुशासनको अभाव तथा गरिब, सुकुम्वासी, मजदूर र आधारभूत वर्गका समस्यालाई केन्द्रमा राखेर जनताका मुद्दा उठाउनुपर्छ । राज्यका नीतिले सबैभन्दा कमजोर वर्गमाथि पार्ने प्रभावलाई गम्भीरतापूर्वक हेर्नुपर्छ,” उनले भने ।




सरकारले घर बनाउन ७५ हजारसम्म अनुदान दिने,५ लाख लिएर मासिक ११ हजार तिरे पुग्ने
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन राष्ट्रिय सभागृहमा
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
कांग्रेस १५औँ महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरू कहाँ-कहाँ बस्दैछन् ?
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन